site stats
बाह्रखरी :: Baahrakhari
देश
गोरखाको हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ : १५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको थियो । 

नेपालमा पछिल्लो समय ससना म्याग्निच्युडको भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएका कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्