site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मती र कोसी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि भारी वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । 

लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको तराई र वाग्मती प्रदेशका पहाडको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ०६:१७
प्रतिक्रिया दिनुहोस्