site stats
बाह्रखरी :: Baahrakhari
देश
सवारी दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

नवलपुर (नवलपरासी) । बर्दघाट–सुस्तापूर्वको देवचुलीमा गएराति कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार बुटवलतर्फ गइरहेको कन्टेनर र नारायणघाटतर्फ आइरहेको ट्रक पूर्वपश्चिम राजमार्गको देवचुली–१५ लोकाहामा ठोक्किएका थिए । कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पंगेनीको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कन्टेनरका सहचालक चितवनको राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रकचालक महोत्तरीको बर्दिबास नगरपालिका–११ का ३० वर्षीय बिचबहादुर थिङको भरतपुरस्थित एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  रासस

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्