site stats
बाह्रखरी :: Baahrakhari
देश
इन्द्रजात्रामा डकुमेन्ट्री प्रतियोगिता

काठमाडौं । काठमाडौंको ऐतिहासिक जात्रा इन्द्रजात्रा पर्व वसन्तपुरमा मनाउने तयारी गरिएको छ । विगतका वर्षभन्दा केही फरक कार्यक्रमसहित काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा मनाउने तयारी गरेको छ ।

भदौ १९ गते (बिहीबार) बिहान १० बजेर ३१ मिनेटमा शुभसाइतमा इन्द्रध्वजको उत्थान गरिनेछ । 

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यस वर्षको इन्द्रजात्रामा विगतका वर्षहरूमा भन्दा केही फरक कार्यक्रम समावेश गरिएको बताए । यस वर्ष भिडियो डकुमेन्ट्री प्रतियोगिता, सम्पदा पदयात्रा, मेड इन काठमाडौंमार्फत माटाका सामान बनाउने कलाको प्रत्यक्ष प्रदर्शनी र तस्बिर प्रदर्शन समेत रहेको उनले बताए ।

इन्द्रजात्राका लागि रथयात्राअन्तर्गत भदौ २२ गते माथिल्लो टोलमा रथयात्रा, २६ गते बिहीबार नानिचा यात्रा हुनेछ । सोही दिन रातको १० बजेर ३१ मिनेनको साइतमा इन्द्रध्वज ढलाएसँगै यसवर्षको इन्द्रजात्रा समापन हुनेछ ।

इन्द्रजात्रा काठमाडांै उपत्यकाको सबैभन्दा ठूलो जात्रा रहेको र नेवार समुदायको विशेष पर्वका रूपमा मनाउने गरिएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्