site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्फा यू–१६ युथ लिग : विभागीय डर्बीमा एपीएफको दोहोरो जित

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एन्फा यू–१६ युथ लिगको विभागीय डर्बीमा दोस्रो पटक विजयी भएको छ । 

बुधबार एपीएफले लिगको दोस्रो लेगमा आर्मीविरुद्ध ३–१ को जित निकालेको छ । यसअघि एपीएफले पहिलो लेगमा आर्मीलाई ३–० ले पराजित गरेको थियो । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा एपीएफलाई जित दिलाउन आर्दश मेचेले दुई गोल गर्दा पुजन ढकालले एक गोल गरेका थिए ।

खेलको २४औँ मिनेटमा आदर्शले एपीएफलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा पुजनले अग्रतालाई दोब्बर बनाए । ७३औँ मिनेटमा आदर्शले पुनः गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।  

यो जितसँगै एपीएफले लिगमा ३२ अंक जोडेको छ । एपीएफले १८ खेल खेल्दा १० जित, तीन बराबरी र पाँच हारसहित यो नतिजा आत्मसाथ गरेको हो । उसले अब ११औँ जितको निम्ति हिमालयन शेर्पा क्ल्बसँग खेल्नेछ । खेल भदौ २० गते एन्फा मुख्यालयमा दिनको १२ः०० बजे हुनेछ । 

पराजित आर्मीले भने ११ अंक जोडेको छ । आर्मीले अब १९औँ खेलमा नवप्रवेशी क्लब प्लानिङ ब्वाइज युनाइटेडसँग खेल्नेछ । 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्