site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरी प्रमुख खापुङलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 

बिहीबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । 

यही भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

दर्ज्यानी चिह्न सुशोभन कार्यक्रममा नवनियुक्त आईजीपी खापुङले देश र संगठनका लागि आफू समर्पित हुने बताए ।  उनले सकेको राम्रो गर्ने, तर नराम्रो नगर्ने उल्लेख गरे । 

प्रहरीमा रहेर संगठनको हित विपरीतको कार्य गर्नेलाई दबाब र प्रभावमा संरक्षण नभइ कारबाहीको दायरमा ल्याएर अन्यलाई सबक सिकाउन सके संगठनको मान कायम रहने उनको भनाइ छ । 

खापुङ विसं २०५२ कात्तिक ७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्