देश
विराटनगर । इस्लाम धर्मावलम्बीहरूको महान पर्व मोहम्मद डेको अवसरमा विराटनगर महानगरपालिकाले आज (शुक्रबार) सार्वजनिक बिदा घोषणा गरेको छ।
महानगरपालिकाले सूचना जारी गर्दै मुस्लिम समुदायको धार्मिक आस्थाप्रति सम्मान प्रकट गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको छ ।
यस निर्णयअनुसार, शुक्रबार महानगर क्षेत्रभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य सार्वजनिक निकायहरू बन्द रहनेछन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२ ०८:३८
प्रतिक्रिया दिनुहोस्