site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, घरमा ठोक्कियो
प्रतीकात्मक तस्बिर ।

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–९, बथानचौडीनजिक मदन भण्डारी राजमार्गमा शुक्रबार (भदौ २०) बिहान ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रकले बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

ठक्करबाट भुजेलको मृत्यु भएको हो । स्थानीय अस्पतालमा घाइते दाहालको उपचार भइरहेको छ । 

पैदलयात्रीलाई ठक्कर दिएपछि नियन्त्रण गुमाएको ट्रक सडक किनारको घरमा ठोक्किँदा गारो ढलेको छ । घरपालुवा २० पन्छी मरेका छन् । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १०:३६
प्रतिक्रिया दिनुहोस्