site stats
बाह्रखरी :: Baahrakhari
खेल
रोहिणी इन्टरनेसनल एजुकेसनको ब्रान्ड एम्बास्डरमा रवीन्द्र ढाँट

काठमाडौं । रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजले नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ । शनिबार (भदौ २१) ललितपुरको हिमालयन होटेलमा एक कार्यक्रमबीच रोहिणीले रवीन्द्रलाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको हो । 

रोहिणीले रवीन्द्रलाई एक वर्षका निम्ति ब्रान्ड एम्बास्डरका रूपमा सम्झौता गरेको छ । आपसी समझदारीमा तीन वर्षसम्म सम्झौता अघि बढाउने विकल्प राख्दै रोहिणीले आउँदा दिनमा पनि यो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

ब्रान्ड एम्बास्डरसम्बन्धी सम्झौतापत्रमा रोहिणीका मार्केटिङ डाइरेक्टर दया थापा र रवीन्द्रले हस्ताक्षर गरेका छन् ।

‘बझाङको बाघ’ उपनामले परिचित रवीन्द्रले एमएमएका कुल १० मध्ये नौ खेलमा जित निकालेका छन् । उनले केही महिनाअघि मात्र भारतको नोएडामा भएको एमएफएन १७ मा बान्टमवेटमा त्यहाँका नम्बर वान चुंग्रेन कोरेनलाई हराउँदै उपाधि जितेका थिए ।
 

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १८:५८
प्रतिक्रिया दिनुहोस्