प्रविधि
काठमाडौं । हाम्रो पात्रो सामाजिक सञ्जाल नभएको र यो यसअघि नै नेपालमा दर्ता गरिएको कम्पनीले जनाएको छ । सोमबार (भदौ २३) ‘हाम्रो पात्रोको ध्यानाकर्षण’ भन्दै कम्पनीले ०७३ मा नै यो स्मार्ट आइडियाज् प्रालिअन्तर्गत नेपालमा दर्ता गरिएको स्पष्ट पारेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भने हालै सूचीकरण गरिएको कम्पनीले जनाएको छ । “...सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सूचीकरण भने हालसालै गरिएको मात्र हो, दर्ता नयाँ भएको होइन र कानुनी व्याख्याअनुसार हाम्रो पात्रो सामाजिक सञ्जालको श्रेणीमा पर्दैन,” कम्पनीले भनेको छ ।
हाम्रो पात्रोको ‘ध्यानाकर्षण’ पूर्णपाठ पढ्नोस्–
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ ११:४१
प्रतिक्रिया दिनुहोस्