site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी प्रदेशसभाअगाडि जेनजी प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल

विराटनगर । सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ताका युवाले विराटनगरमा गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ ।

प्रदर्शनकारीहरूले कोसी प्रदेशसभा भवनमा प्रवेश गर्न खोजेपछि  प्रहरीले रोक्ने प्रयास गर्दा स्थिति तनावपूर्ण बनेको हो । अस्पताल चोकबाट आएको जुलुसले सुरक्षा ब्यारिकेड तोड्न खोज्दा प्रहरीले बल प्रयोग गरेको छ ।

प्रदर्शनको सुरु सन्सारीमाई स्थानबाट भएको थियो, जसले निषेधित क्षेत्र रोडशेष हुँदै महेन्द्र चोकतर्फ अगाडि बढेको थियो । केहीबेर प्रदर्शनकारीहरू धर्ना बसेका थिए, त्यसपछि उनीहरू फेरि अगाडि बढेका छन् ।

सिमसिमे वर्षा भइरहे पनि प्रदर्शनमा युवाको जोशजाँगर घटेको छैन । उनीहरूले फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गरिएको विरोधमा सडकमा उत्रिनु परेको बताएका छन् ।

स्थिति नियन्त्रणमा राख्न प्रहरीले व्यापक रूपमा मोर्चा कसिरहेको छ । प्रदर्शन अझै केही समय जारी रहने संकेत देखिएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्