site stats
बाह्रखरी :: Baahrakhari
देश
विराटनगरमा ‘जेनजी’ प्रदर्शनकारीले ‘ब्यारिकेट’ तोडे

विराटनगर । सामाजिक सञ्जाल निष्क्रियको विरोधमा मोरङको विराटनगरमा जारी प्रदर्शनका क्रममा ‘जेनजी’ले जिल्ला प्रशासन कार्यालयअगाडिको सुरक्षा ‘ब्यारिकेट’ तोडेका छन् ।

सोमबार (भदौ २३) यसअघि प्रदर्शनकारीले भूमिसुधार तथा मालपोत कार्यालय परिसरभित्र प्रवेश गरी नाराबाजी गरेका थिए । त्यसपछि उनीहरू सुरक्षा घेरा छलेर प्रदेशसभा क्षेत्र हुँदै जिल्ला प्रशासन कार्यालयतर्फ अघि बढेका थिए ।

प्रशासन कार्यालयअगाडि पुगी सुरक्षा व्यवस्था तोड्दै उनीहरूले ब्यारिकेट पार गरे । प्रदर्शनकारीले सरकारी संरचनामा क्षति पुर्‍याएको भने पुष्टि भएको छैन । फेसबुकलगायत सामाजिक सञ्जाल निष्क्रिय गरिएपछि उनीहरू सडकमा उत्रिएका हुन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्