site stats
बाह्रखरी :: Baahrakhari
देश
विराटनगरमा प्रदेशसभाअगाडिको ब्यारिकेड तोडेर प्रदर्शन, निषेधित क्षेत्रमा जेनजीको उपस्थिति

विराटनगर । सामाजिक सञ्जाल बन्दको विरोधमा विराटनगरमा जारी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले कोसी प्रदेशसभाअगाडिको ब्यारिकेड तोडेका छन् । उनीहरू निषेधित क्षेत्रभित्र प्रवेश गरी प्रदर्शन गरिरहेका छन् ।

यसअघि अस्पताल चोकबाट अघि बढेका प्रदर्शनकारीहरूलाई प्रहरीले तितरबितर पारेको थियो । तर, आन्दोलनकारीहरू फेरि जुट्दै प्रदेशसभा परिसरअगाडि प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनको क्रममा उनीहरूले विराटनगर महानगरपालिका, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयअगाडि पनि नाराबाजी र प्रदर्शन गरेका छन् ।

महानगरपालिका अगाडि केहीबेर ढुंगामुढा भएको पुष्टि भएको छ । क्षतिको विवरण सार्वजनिक भएको छैन ।

स्थिति अझै तनावपूर्ण रहेकाले सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १४:१६
प्रतिक्रिया दिनुहोस्