देश
काठमाडौं । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) कास्कीको पोखरामा प्रहरीले चारजनामाथि गोली प्रहार गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।
घाइतेको परिचय खुलिनसकेको कास्की प्रहरीका प्रमुख एवं एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
पोखरा सभागृहबाट शान्तिपूर्ण प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयनजिक पुगेपछि उग्र बनेको थियो । यति बेला (अपराह्न पौने ५) पनि रत्नचोकमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरिरहेको छ ।
प्रहरीले रबरको गोली चलाएको भनेको छ । तर, धातुको गोली पनि चलाएको पाइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १६:५८
प्रतिक्रिया दिनुहोस्