देश
विराटनगर । मोरङको विराटनगरस्थित तीनपैनीचोकमा सोमबार (भदौ २६) अपराह्न टिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन् । आगजनीबाट टिपरमा क्षति पुगेको छ ।
दुर्घटनामा एकजना घाइते भएका छन् । ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण यस दिन ट्राफिक लाइट बन्द गरिएको थियो । टिपरका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
मृतकबारे थप विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर राजन लम्सालले बताए ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १७:५८
प्रतिक्रिया दिनुहोस्