site stats
बाह्रखरी :: Baahrakhari
देश
बुटवलमा कर्फ्युमा कडाइ : प्रहरी तैनाथ, टियर ग्यास प्रहार (तस्बिरहरू)

बुटवल । रुपन्देहीमा जारी भएको कर्फ्युलाई कडाइ बनाउन प्रहरीले टियर ग्यास प्रहार गरिरहेको छ । मुख्य सडकमा रहेका पसल व्यवसाय बन्द गराइएको छ भने सवारी आवागमन पनि न्यून बनाइएको प्रहरीले जनाएको छ । मुख्य चोक चोकमा प्रहरीहरू तैनाथ गरिएको छ ।

यसैबीच कर्फ्युको समयमा बुटवल मिलनचोक, तीनकुने तथा फाइनान्स चोक क्षेत्रमा प्रदर्शन गरिरहेका युवाहरूलाई भगाउन प्रहरीले पटक पटक राउन्ड टियर ग्यास प्रहार गरेको छ । हालसम्म १० पटक टियर ग्यास प्रहार भएको जनाइएको छ ।

कर्फ्यु जारी भएपछि चोक चोकमा जम्मा भएर हेर्न जानेहरूका कारणले टियर ग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले दिउँसो ४ देखि राति १० बजेसम्मका लागि जिल्लाको भैरहवा र बुटवल क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।

Rupandehi-(6)-1757335215.jpeg
भैरहवा क्षेत्रको पूर्वमा रोहिणी खोलासम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म, दक्षिणमा मेउडिहवासम्म, बुटवल बेलहिया सडकखण्डको दायाँबायाँ एकसय मिटरसम्म चार किल्ला तोकिएको छ ।

त्यस्तै, बुटवल क्षेत्रको पूर्वमा पेट्रोलपम्प धागो कारखाना पुलसम्म, पश्चिममा बेलवास चोकसम्म, उत्तर चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म चार किल्ला तोकिएको हो ।

प्रशासनद्वारा जारी गरिएको सूचनामा भनिएको छ, “चार किल्लाको सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।”

Rupandehi-(7)-1757335215.jpeg

Rupandehi-(8)-1757335216.jpeg

Rupandehi-(5)-1757335214.jpeg

Rupandehi-(3)-1757335213.jpeg

Rupandehi-(4)-1757335213.jpeg

Rupandehi-(2)-1757335212.jpeg

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्