site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिविको परीक्षा स्थगित, अब असोजमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट हाल सञ्चालित परीक्षा स्थगन गरिएको छ । यही भदौ २४, २५ र २६ गतेका निम्ति तय परीक्षा स्थगन गरिएको त्रिविले जनाएको छ ।

“त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८२ साल भाद्र २२ गतेदेखि सञ्चालित चारवर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षाहरूमध्ये देशमा आकस्मिक रूपमा सिर्जना भएको असहज परिस्थितिका कारण २०८२ साल भाद्र २४, २५ र २६ गतेका दिन (बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म र दिउँसो १२ः०० बजेदेखि ३ः०० बजेसम्म) सञ्चालन हुने देशभरका सबै परीक्षा केन्द्रका परीक्षाहरू हाललाई स्थगित गरिएको छ,” परीक्षा नियन्त्रण कार्यालयद्वारा सोमबार जारी सूचनामा उल्लेख छ ।

उक्त दिनका परीक्षा आउँदो असोज २, ४ र ५ गते सोही समय र परीक्षा केन्द्रमा सञ्चालन गरिने त्रिविले जनाएको छ । “अन्य मितिका परीक्षाहरू यथावत् सञ्चालन हुनेछन्,” सूचनामा भनिएको छ ।

सूचना पढ्नोस्–

dfsg-1757343414.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्