बुटवल । रुपन्देहीमा मंगलबार (भदौ २४) बेलुका ८ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टेकराज पाण्डेयले कर्फ्यु जारी गरिएको बाह्रखरीलाई जानकारी दिए ।
जेनजीको प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले कर्फ्यु जारी गरेको हो । सरकारी सम्पत्तिहरूमा आगजनी हुँदै आएपछि अनिश्चितकालीन कर्फ्यु जारी गर्नुपरेको उल्लेख गरे ।
रुपन्देहीभित्र अत्यावश्यकबाहेक आवतजावत नगर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको उनले जानकारी दिए ।
उनले कर्फ्युलाई कडाइको साथ लागु गरिने उनको दाबी छ । मंगलबार रुपन्देहीका सबैजसो सरकारी कार्यालय, अधिकांश पालिका भवन, नेताहरूका घर सम्पत्ति तथा निजी सम्पत्तिहरू तोडफोड गरेका थिए ।