site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रिय सम्पतिको थप क्षति हुन नदिने कुरामा सचेत र संयमित : सशस्त्र प्रहरी

काठमाडौं । सशस्त्र प्रहरी बलले नेपालमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जिउ, धन तथा स्वतन्त्रताको संरक्षण गर्न जुनसुकै विषम परिस्थितिमा प्रतिबद्ध रहेको जनाएको छ । 

मंगलबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनमा सशस्त्र प्रहरी बल नेपाल जनधनको क्षति कम हुने गरी पूर्ण रूपमा संयमताका साथ परिचालन भइरहेको जनाएको छ । 

"विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन र संयमित भई सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण पक्षमा हार्दिक अनुरोध गर्दछ," सशस्त्रले विज्ञप्तिमा भनेको छ । 

यस विषम परिस्थितिमा राष्ट्रिय सम्पतिको थप क्षति हुन नदिने कुरामा सचेत, सजग र संयमित हुन सबै पक्षमा अनुरोध गरेको छ । "यस विषम परिस्थितिमा राष्ट्रिय सम्पतिको थप क्षति हुन नदिने कुरामा सचेत, सजग र संयमित हुन सबै पक्षमा अनुरोध गर्दछौँ," विज्ञप्तिमा भनिएको छ । 

 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  २१:२७
प्रतिक्रिया दिनुहोस्