site stats
बाह्रखरी :: Baahrakhari
देश
निषेधाज्ञा र कर्फ्युमा के गर्न पाइन्छ ?

काठमाडौं । नेपाली सेनाले कर्फ्यु आदेश जारी गरेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले कर्फ्यु आदेश जारी गरिएको जनाएको छ । 

हाल लागु गरिएको निषेधाज्ञा साँझ ५ बजेसम्म देशभर निरन्तर रहने सेनाले बताएको छ । भोलि बिहान ६ बजेसम्म कर्फ्यु  आदेश जारी रहने सेनाले जनाएको छ । 

जारी भएको निषेधाज्ञा तथा कर्फ्युमा अत्यावश्यक सेवाका सवारी साधनहरू भने सञ्चालन गर्न पाइनेछ । 

एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन सञ्चालन गर्न दिइने सेनाले प्रष्ट पारेको छ । 

आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाको आग्रह छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्