काठमाडौं । इंग्ल्यान्डले फिफा विश्वकप छनोटमा सबर्वयाविरुद्ध ५–० को फराकिलो जित निकालेको छ । बुधबार इंग्ल्यान्डलाई जित दिलाउन ह्यारी केन, नोनी म्याड्युके, इज्री कोन्सा, मार्क गुएही र मार्कस रासफर्डले समान एक गोल गरे ।
खेलको ३३औँ मिनेटमा ह्यारीले इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नोनीले गोल गर्दै अग्रता दोब्बर बनाए ।
५२औँ मिनेटमा एज्रीको गोलमा इंग्ल्यान्डले सर्बियामाथि ३–० को अग्रता कायम गर्यो । ७५औँ मिनेटमा मार्कले गोल गर्दै अग्रतालाई ४–० को अवस्थामा पुर्याए । ९०औँ मिनेटमा मार्कसले टोलीका निम्ति पाँचौँ गोल गरे ।
७२औँ मिनेटमा निकोला मिलेंकोविचले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा समेटिएको थियो ।
यो जितसँगै समूह ‘के’को इंग्ल्यान्डले १५ अंक जोडेको छ । इंग्ल्यान्डले पाँच खेल खेल्दा शतप्रतिशत जित निकाल्दै यो नतिजा आत्मसात् गरेको हो ।