site stats
बाह्रखरी :: Baahrakhari
देश
डिल्लीबजार कारागार तनावग्रस्त, कैदी सडकमा (भिडियो)

काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित कारागार बुधबार (भदौ २५) बिहान तनावग्रस्त बन्यो । त्यहाँबाट केही कैदीबन्दी भाग्न खोजेका थिए ।

कैदीबन्दीले आगजनीको प्रयास समेत गरेका थिए । स्थिति नियन्त्रणमा लिन नेपाली सेनाको टोली कारागार पुगिसकेको छ । गेट भत्काएर भाग्न खोजेका केदीबन्दीलाई सेनाले रोकेको छ ।

कारागारबाहिरको सडकमा सेनाले केही कैदीबन्दीलाई रोकेर राखेको छ । उनीहरूले नाराबाजी गरेका छन् ।

भिडियो हेर्नोस्–

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्