site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदर्शनमा चोरी गर्नेहरूलाई हाँडीगाउँवासीले समाते, व्यापारीलाई जिम्मा लगाउँदै सामान

काठमाडौं । ‘जेनजी’ पुस्ताको प्रदर्शका क्रममा चोरी र लुटपाट गर्नेहरूलाई काठमाडौंको हाँडीगाउँवासीले नियन्त्रणमा लिएका छन् । चोरीका सामान जफत गरी स्थानीयले सम्बन्धित व्यापारीलाई बुझाउन लागेका छन् ।

मंगलबार (भदौ २४) नक्सालस्थित सीजी ग्रुप र भाटभटेनी सुपरमार्केटबाट चोरी र लुटपाट गरिएका सामानहरू स्थानीयले जफत गरेका हुन् । हाँडीगाउँमा कोठा भाडामा बस्दै आएकाहरू चोरी र लुटपाटमा संलग्न भएका स्थानीयको भनाइ छ ।

चोरी र लुटपाटमा संलग्नलाई एक महिनाभित्र हाँडीगाउँ छाड्न स्थानीयले चेतावनी दिएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्