देश
विराटनगर । मोरङ जिल्लाभर कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, मोरङले बुधबार (भदौ २५) साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक सुरक्षाको कारण देखाउँदै जिल्लाभित्र कर्फ्यु आदेश लागु गरिएको जानकारी दिएका छन् ।
प्रशासनले नागरिकलाई तोकिएको समयावधिभर घरमै बस्न अनुरोध गर्दै अत्यावश्यक सेवाबाहेक अन्य कुनै पनि प्रकारको आवतजावत, जमघट वा गतिविधि निषेध गरिएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १८:१२
प्रतिक्रिया दिनुहोस्