site stats
बाह्रखरी :: Baahrakhari
देश
कारागारबाट फरार भएका ३०३ कैदीबन्दीलाई सेनाले पक्राउ गर्‍यो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपाली सेनाले देशका विभिन्न जिल्लाका कारागारबाट फरार भएका ३०३  कैदीबन्दीलाई पक्राउ गरेको छ । 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

“सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सप्तरीमा चार, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा चारजनालाई पक्राउ गरेको छ,” सेनाको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको सेनाले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १८:५१
प्रतिक्रिया दिनुहोस्