site stats
बाह्रखरी :: Baahrakhari
देश
यी प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका केही प्रदेशमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

कोसी प्रदेशको पहाड, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  ०६:२१
प्रतिक्रिया दिनुहोस्