site stats
बाह्रखरी :: Baahrakhari
देश
संविधानको रक्षार्थ आन्दोलन थाल्ने खबरसँगै सुरक्षा व्यवस्था मजबुत

काठमाडौं । काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यति बेला सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको हो ।

काठमाडौंका माइतीघर, कालीमाटी, नक्साल, कमलपोखरी, सुन्धारालगायत स्थानमा सेनाले गस्ती गरिरहेको छ । साथै, सवारीसाधनमा हिँड्नेलाई चेकजाँच गरिरहेको छ । उनीहरूलाई सोधपुछ गरेर मात्र आवश्यक कामका निम्ति जान दिइएको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरिएको छ ।

संविधानको रक्षार्थ वर्तमान संविधान पक्षधरले आन्दोलन गर्ने समाचार बाहिरिएसँगै सडकमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल खटिएका छन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्