site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीले होटेल क्षतिग्रस्त

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीस्थित लेतेखोलामा आएको बाढीले एक होटेल क्षतिग्रस्त भएको छ । रातभर परेको अविरल वर्षाका कारण आएको बाढीले बिहीबार (भदौ २६) बिहान श्रीस होटेल क्षतिग्रस्त बनेको हो । 

ठाडोखोलामा आएको बाढीले होटेलको सबै संरचना पुरिएको प्रहरीले जनाएको छ ।

बेनी नगरपालिका–४ का वडा सदस्य समेत रहेका होटेल सञ्चालक प्रेम श्रीसले सबै सामान पूर्ण रूपमा क्षति भएको जानकारी दिए । बाढीले सडक समेत अवरुद्ध भएको छ । रासस

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्