देश
काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कर्फ्युको समयलाई आज पनि निरन्तरता दिएको छ । समय थप गरी जारी कर्फ्यु आदेशमा आज बिहान १० देखि साँझ ५ बजेसम्म र पुनः साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालद्वारा हस्ताक्षरित कर्फ्यु आदेशमा स्थानीय प्रशासन ऐनबमोजिम जिल्ला सुरक्षा समितिको आज बिहानको निर्णयानुसार जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।
आदेशमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन, आवतजावत गर्न, कुनै पनि प्रकारको भेला–जुलुस प्रदर्शन, सभा र घेराउ गर्न नपाउने उल्लेख गरिएको छ । रासस
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२ १३:४४
प्रतिक्रिया दिनुहोस्