site stats
बाह्रखरी :: Baahrakhari
देश
संवैधानिक र लोकतान्त्रिक माध्यमबाट नै राजनीतिक समाधान खोजौँ : प्रजातान्त्रिक विचार समाज

काठमाडौं । प्रजातान्त्रिक विचार समाजले संवैधानिक र लोकतान्त्रिक माध्यमबाट नै राजनीतिक समाधान खोज्न अपिल गरेको छ । समाजका अध्यक्ष कुलचन्द्र वाग्ले र महासचिव बासुदेव भण्डारीले संयुक्त वक्तव्य जारी गरी शान्तिपूर्ण वार्ता र लोकतान्त्रिक विधिबाटै समस्याको समाधान गर्न सुझाएका हुन् । 

सरकारको गलत निर्णय र भ्रष्टाचारविरुद्धको ‘जेनजी’ आन्दोलनमा घुसपैठ हुनु निन्दनीय भएको वक्तव्यमा उल्लेख छ । “सरकारको गलत निर्णय र भ्रष्टाचारविरुद्ध जेनजी समूहको माग जायज थियो र शान्तिपूर्ण गरिने भनिएको विरोध वैधानिक समेत हो । यस्तो सरल विद्यार्थी समाजको विरोध प्रदर्शनमा घुसपैठ गर्नेले षड्यन्त्रपूर्वक ध्वंशका घटना रच्नु अत्यन्त निन्दनीय र राष्ट्रविरोधी छ । मुलुकका तमाम सुरक्षा निकायहरू निरीह पाइनुलाई सम्बद्ध ती निकायले भविष्यको निम्ति स्वऔचित्य साबित गर्न आन्तरिक वा आत्मसमीक्षा गर्न जरुरी छ भन्ने हाम्रो धारण पनि स्पष्ट गर्दछौँ । साथै, सभ्य नेपाली समाज पनि यस्तो समीक्षा चाहन्छ भन्ने हाम्रो विश्वास छ,” वक्तव्यमा भनिएको छ । 

न्यायिक निरुपण गर्नुपर्ने आवश्यक विषयलाई छानबिनको दायरामा ल्याउन समेत सम्बद्ध पक्षसँग आग्रह गरिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्