site stats
बाह्रखरी :: Baahrakhari
देश
अत्यावश्यक कामका लागि बिहान ६ देखि ११ बजेसम्म खुला

काठमाडौं । अत्यावश्यक कार्यका लागि बिहान ६ देखि ११ बजेसम्म खुला रहेको छ । बिहान ६ बजेसम्म लागेको कर्फ्यु ११ बजेसम्म हटाइएको हो । 

११ बजेपछि साँझ ५ बजेसम्म निषेधाज्ञा लागु हुनेछ । साँझ ५ देखि ७ बजेसम्म खुला रहने नेपाली सेनाले जनाएको छ । 

सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यु लगाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ २८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्यु लगाएको छ । 

बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला रहने भए पनि ससानो समूहमा मात्र कार्य गर्न सेनाले आग्रह गरेको छ । 

निषेधाज्ञा तथा कर्फ्युको समयमा अत्यावश्यक सेवाका (एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यासलगायत इन्धन, दूध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने) सवारी साधनहरू सञ्चालन गर्न सकिनेछ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  ०६:०६
प्रतिक्रिया दिनुहोस्