site stats
बाह्रखरी :: Baahrakhari
देश
‘जेनजी’ आन्दोलनका मृतकको गर्न थालियो अन्त्येष्टि
आगजनीको दृश्य ।

काठमाडौं । ‘जेनजी’को प्रदर्शनक्रममा ज्यान गुमाएकाहरूको अन्त्येष्टि गर्न थालिएको छ । काठमाडौंको पशुपति आर्यघाटमा उनीहरूको दाहसंस्कार थालिएको हो ।

अस्पतालमा ‘पोस्टमार्टम’पछि अन्त्येष्टि गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी विनोद घिमिरेले जानकारी दिए । “मृतक तीनजना प्रहरीमध्ये दुईको अन्त्येष्टि गरिएको छ । अन्य मृतकहरूको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम हुँदै छ,” उनले भने ।

यही भदौ २३ र २४ गते जेनजीको आन्दोलनका क्रममा तीन प्रहरी र एक भारतीय महिलासहित ५१ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्