काठमाडौं । नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्धको दुवै खेल भियतनाममा खेल्ने तय भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले तटस्थ मैदानमा हुनुपर्ने दुवै खेल भियतनाममा हुने पुष्टि गरेको हो ।
“दुवै खेल भियतनाममा हुने तय भएको हो । चार–पाँच दिनको मात्र फरक भएकोले समयलगायत अन्य पक्षहरूको बारेमा दुवै राष्ट्रबीचको फुटबल संघले समन्वय गरेर एएफसीसँग अनुमति लिएका हौँ,” एन्फा प्रवक्ता शाहले भने ।
छनोटअन्तर्गत नेपालले आफ्नो होम खेल स्वदेशमै खेल्नुपर्ने थियो । तर, एएफसीले काठमाडौंको दशरथ रंगशाला अयोग्य भएको जनाउँदै भियतनामसँगको खेलका निम्ति तटस्थ मैदान रोज्न भनेको थियो ।
योसँगै अब नेपालले छनोटको पहिलो खेल आगामी अक्टोबर ९ मा भियातनामको बंग डोङ रंगशाला र दोस्रो खेल थांगहात रंगशालामा आगामी अक्टोबर १४ मा खेल्नेछ ।