काठमाडौं । ‘जेनजी’को प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न मन्त्रालयको सरसफाइका साथै क्षतिको विवरण संकलन सुरु गरिएको छ । शनिबार (भदौ २८) कर्मचारी आ–आफ्ना मन्त्रालयमा पुगेर सरसफाइका साथै क्षतिको विवरण संकलन गर्न थालेका हुन् ।
यस्तै, क्षति पुगेका मन्त्रालयबाट जोगिएका फाइललगायत सामानलाई सुरक्षित राख्न थालिएको छ । तोडफोड र आगजनी गरिएका विभिन्न मन्त्रालयका परिसरमा सवारीसाधन समेत ध्वस्त भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनीका कारण क्षति भएपछि गृह मन्त्रालयको नवनिर्मित भवनमा उक्त कार्यालय सारिएको छ ।
सिंहदरबारबाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि आगजनीबाट पूर्ण रूपमा जलेको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयसहित गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ मन्त्रालयमा क्षति पुगेको छ ।
शिक्षा, सामान्य प्रशासन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा बढी क्षति पुगेको छ । हिमालयन टेली भ्वाइस
भिडियो हेर्नोस्–