site stats
बाह्रखरी :: Baahrakhari
देश
रुपन्देहीमा निषेधाज्ञा र कर्फ्यु हटाइयो
बुटवलमा कर्फ्युको बेलाको दृश्य ।

बुटवल । रुपन्देहीमा निषेधाज्ञा र कर्फ्यु आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले शनिबार (भदौ २८) एक सूचना जारी गर्दै शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले निषेधाज्ञा र कर्फ्यु हटाइएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) डा. टोकराज पाण्डेद्वारा जारी सूचनामा शनिबार बेलुका ६ बजेदेखि निषेधाज्ञा र कर्फ्यु हटाइएको उल्लेख छ ।

adsf-1757772127.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्