site stats
बाह्रखरी :: Baahrakhari
खेल
आर्सनल शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई कायम राखेको आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले शनिबार घरेलु मैदान इमिरेट्स रंगशालामा नटिङ्घमलाई ३–० ले हराउँदै शीर्ष स्थान हासिल गरेको हो ।

आर्सनलको जितमा मार्टिन जुब्लिमेन्डीले दुई गोल गरे । अर्को एक गोल भिक्टर ग्याक्योरसका नाममा रह्यो ।

३२औँ मिनेटमा जुब्लिमेन्डीको गोलमा आर्सनलले अग्रता बनाएको थियो । ४६औँ मिनेटमा ग्याक्योरसले अग्रता दोब्बर बनाए । ७९औँ मिनेटमा जुब्लिमेन्डीले दोस्रो गोल गरेपछि आर्सनलले ३–० को जितसहित तीन अंक पक्का गर्‍यो । 

जितसँगै तीन खेलबाट आर्सनलले नौ अंक जोडेको छ । समान अंक भए पनि लिभरपुल गोल आधारमा आर्सनलभन्दा पछाडि छ । चार खेलबाट चार अंकको नटिङ्घम तालिकाको १३औँ स्थानमा छ ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्