देश
काठमाडौं । म्याग्दीमा सडक अवरुद्ध भएको छ । अन्नपूर्ण गाउँपालिका–३, सुकेबगरमा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
आइतबार (भदौ २९) बिहान करिब ६ः२० बजे उक्त स्थानमा पहिरो खसेको हो । सडक माथिबाट लेदो माटोसहितको पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२ ०८:४२
प्रतिक्रिया दिनुहोस्