site stats
बाह्रखरी :: Baahrakhari
देश
चुच्चेपाटीको भाटभटेनी सुपरमार्केटभित्र ६ शव फेला
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ शव फेला परेको छ ।

पूर्ण रूपमा जलेको भाटभटेनीको स्टोर सफा गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए । शवको पहिचान खुलेको छैन ।

यही भदौ २३ गतेदेखि ‘जेनजी’को प्रदर्शनका क्रममा देशभर जनधनको ठूलो क्षति भएको छ । भदौ २४ गते देशभर तोडफोड र आगजनी गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्