site stats
बाह्रखरी :: Baahrakhari
देश
देशव्यापी सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय, असोज ५ देखि अग्रिम टिकट खुलाउने तयारी

काठमाडौं । सरकारले देशभर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । ‘जेनजी’ आन्दोलनका कारण प्रभावित बनेको यातायात सेवा सुचारु गर्ने निर्णय गरेको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आइतबार (भदौ २९) सिंहदरबारमा बसेको बैठकले साे निर्णय गरेकाे हाे । प्रदर्शनका कारण एक सातादेखि देशभर सार्वजनिक यातायात रोकिएका थिए । 

सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव भरत नेपालले देशव्यापी रूपमा यातायात सञ्चालन भएको जानकारी दिए । 

“आजको बैठकले ढुवानीका मालवाहक सवारीसाधनलाई सहजीकरण गर्ने निर्णय गरेको छ । अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुला गर्ने तयारी छ,” उनले भने । 

दसैँको अग्रिम टिकट बुकिङका लागि समिति समेत गठन गरिएको छ । 

 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्