site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारतविरुद्ध ब्याटिङमा पाकिस्तान

काठमाडौं । एसीसी एसिया कपमा भारतविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ ।

आइतबार दुबईमा हुने खेलका निम्ति भएको टस जितेर पाकिस्तानका कप्तान सलमान आघाले ब्याटिङको निर्णय लिँदै भारतलाई फिल्डिङमा निम्त्याए ।

युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार राति ८ः३० बजेदेखि हुने तालिका छ ।

प्रतियोगितामा भारत र पाकिस्तान समूह ‘ए’मा छ । यो समूहमा यी दुई टिमसँगै ओमान र यूएई छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्