site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ यू–१७ च्याम्पिनसिप : सेमिफाइनलसम्म सहजै स्थान बनाउने प्रशिक्षकको विश्वास

काठमाडौं । नेपाली राष्ट्रिय यू–१७ पुरुष टोलीका प्रशिक्षक सञ्जित सिंहले साफ यू–१७ पुरुष च्याम्पियनसिपको सेमिफाइनलमा नेपाली टोलीले सहजै स्थान बनाउने बताएका छन् । 

आइतबार (भदौ २९) प्रशिक्षक सिंहले श्रीलंकामा भोलि (सोमबार) देखि सुरु हुने साफ यू–१७ च्याम्पियनसिपमा सेमिफाइनलसम्म सहजै पुग्ने बताएका हुन् । 

“हाम्रो टोली सन्तुलित छ । खेलाडीहरू उच्च मनोबलका साथ भोलिको खेलको निम्ति तयारी अवस्थामा छन् । सेमिफाइनलसम्म सहजै पुग्ने हुने हाम्रो विश्वास छ । सबैमा हामी जित्छौँ भन्ने मानसिकतामा छन् । सबै टोलीलाई समान रूपमा लिएका छौँ,” सञ्चारकर्मीहरूसँगको कुराकानीमा सिंहले भने । 

त्यसैगरी, कप्तान प्रशान्त मोक्तानले पनि टोलीले प्रतियोगितामा पर्याप्त मात्रामा प्रशिक्षण पाएको बताउँदै स्वर्ण जित्ने लक्ष्यमा रहेको बताए ।

“हामीले प्रक्षिणको निम्ति पर्याप्त समय पायौँ । हामीले श्रीलंकाको वातावरण अनुकूल हुन त्यही अनुसारको वातावरणमा प्रशिक्षण गर्यौं । यसले गर्दा सहज हुने विश्वास हाम्रो छ । प्रशिक्षणको रणनीतिअनुसार प्रदर्शन गर्ने सोचमा छौँ । हामी स्वर्ण जित्ने लक्ष्यमा छौँ,” कप्तान मोक्तानले भने ।  

नेपालले सोमबार उद्घाटन खेलमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालसँगै श्रीलंका र बंगलादेश छन् । समूह ‘बी’ मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स छन्  । 

यस्तो छ नेपाली टोली :
पेम्बा नोर्बु भोटे, राम बोहोरा, विशेष बानियाँ, प्रशान्त मोक्तान, दीपेन कार्की, धीरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया, अनोज खड्का, प्रशान्त म्याङ्बो, राम थामी, कृष्त भण्डारी, प्रतिश थापामगर, भूपेश लामा, नसिब हेन्जन, सुशान मगर, सुजन स्याङतान समीर कुमार, दिग्विजय शाही, निसकुमार श्रेष्ठ, रोहित श्रेष्ठ

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्