site stats
बाह्रखरी :: Baahrakhari
देश
पाल्पामा सबैभन्दा बढी, २४ घण्टामा यी स्थानमा भयो ‘धेरै भारी’ वर्षा
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो २४ घण्टा (सोमबार बिहान १०ः२५ बजेसम्म)मा देशका धेरै स्थानमा वर्षा भएको छ । कतिपय स्थानमा ‘धेरै भारी’ पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो अवधिमा सबैभन्दा बढी पाल्पाको कुमाल गाउँमा १६५.८ मिलिमिटर वर्षा भएको छ । त्यसपछि कपिलवस्तुको वाणगंगामा १५६.४ र नवलपुरको देउराली नवलमा १४६ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।

“१०० देखि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी पानी परेको भनिन्छ,” महाशाखाले भनेको छ ।

बाँके, दाङ, रुपन्देही, स्याङ्जा, पर्वत र कास्कीमा पनि धेरै भारी वर्षा भएको महाशाखाले जनाएको छ ।

asdg-1757913161.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्