site stats
बाह्रखरी :: Baahrakhari
देश
टिपरको ठक्करबाट काठमाडौंमा एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा नम्बर नखुलेको टिपरले बा ४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुरको सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते केसीको उपचारका क्रममा ललितपुरको ग्वार्कोस्थित बीन्डबी अस्पतालमा आज मृत्यु भएको हो । 

दुर्घटनापछि फरार टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्