site stats
बाह्रखरी :: Baahrakhari
देश
मानवअधिकार आयोगका सदस्य ढुंगेलले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुंगेलले राजीनामा दिएका छन् । आइतबार (भदौ २९)देखि लागु हुने गरी उनले पदबाट राजीनामा दिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार (भदौ ३०) उनको राजीनामा स्वीकृत गरेका छन् ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य डा. सूर्यप्रसाद ढुंगेलज्यूले नेपालको संविधानको धारा २४८ को उपधारा (५) को खण्ड (क) बमोजिम मिति २०६२/०५/२९ गतेदेखि लागु हुने गरी आफ्नो पदबाट दिनुभएको लिखित राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

asfd-1757934913.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्