site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ यू–१७ च्यम्पियनसिप : उद्घाटन खेलमा नेपाल विजयी

काठमाडौं । श्रीलंकामा आजदेखि सुरु भएको साफ यू–१७ पुरुष च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल विजयी भएको छ । सोमबार नेपालले उद्घाटन खेलमा घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गरेको हो । 

नेपाललाई श्रीलंकाको कोलोम्बो सहरस्थित रेशकोर्स रंगशालामा जित दिलाउन समिर कुमार एक्लैले दुई गोल गरे । 

खेलको ५२औँ मिनेटमा समिरले नेपाललाई अग्रता दिलाए ।  खेलको इन्जुरी समयमा सविनले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।  

त्यसअघि २९औँ मिनेटमा श्रीलंकाका महोम्मद इफ्हामले रातो कार्डको दर्शन गरेपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।

जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तालिकामा पहिलो तीन अंक जोडेको छ । अब नेपालले दोस्रो तीन अंकको निम्ति आगामी सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ । प्रतियोगिता आगामी सेप्टेम्बर २७ सम्म हुनेछ । 

 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्