site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंसहित यी जिल्लाका नदी र खोलामा छ बाढीको जोखिम
फाइल तस्बिर ।

काठमाडौं । भारी वर्षाको सम्भावना रहेकाले आज केही जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम छ । 

रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, डोटी, डडेलधुरा, बर्दिया, कैलाली, कंचनपुर र आसपासका जिल्ला भएर बग्ने ससाना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

इलाम, झापा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, पर्सा, कास्की, तनहुँ, स्याङजा, म्याग्दी, बाग्लुङ भए बग्ने नदी तथा खोलामा बाढीको मध्यम जोखिम छ । 

पर्वत, गुल्मी, पाल्पा, अर्घाखाची, बाँके, दाङ, सुर्खेत, दैलेख, बैतडी, दार्चुला र आसपासका जिल्ला भएर बग्ने ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने विभागको पूर्वानुमान छ ।

मंगलबार दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोसी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा छ । अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्