site stats
बाह्रखरी :: Baahrakhari
खेल
फ्रान्सका विश्वकप विजेता उम्टिटीले लिए सन्न्यास

काठमाडौं । बार्सिलोनाका पूर्वरक्षक स्यामुयल उम्टिटीले फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । उम्टिटीले मंगलबार ३१ वर्षको उमेरमा फुटबल छाड्ने निर्णय गरेका हुन् ।

फ्रान्सका रक्षक उम्टिटी गत वर्ष लिल छाडेयता क्लबविहीन थिए । उनी पछिल्लो समय घुँडाको गम्भीर चोटका कारण स्वाभाविक लयका निम्ति संघर्षरत थिए । फ्रान्सले सन् २०१८ मा फिफा विश्वकपको उपाधि जित्दा उम्टिटी उनीका महत्त्वपूर्ण सदस्य थिए ।

“उच्च र न्यून विन्दुसँगैको कठिन करियरबीच अब यसलाई गुडबाई भन्ने समय आएको छ । मैले यसमा आफ्नो पूरा लगाव लगाए । मेरो करियरप्रति मलाई कुनै गुनासो पनि छैन,” सन्न्यास घोषणाका क्रममा उम्टिटीले भने ।

उनी सन् २०१६ मा बार्सिलोनामा अनुबन्ध भएका थिए । बार्सिलोनामा ६ सिजन बिताउँदा उनी दुईपटक ला लिगा, तीनपल्ट कोपा डेल रे र दुईचोटि स्पेनिस सुपर कप च्याम्पियन बने ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्