site stats
बाह्रखरी :: Baahrakhari
देश
ट्राफिक कार्यालयको निरीक्षणमा पुगेका गृहमन्त्रीले भने– सरकारले पक्षपात गर्दैन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई आग्रह गरेका छन् । युवाको आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मंगलबार (भदौ ३१) निरीक्षण गर्दै उनले उच्च मनोबलका साथ आफ्नो काममा खटिन आग्रह गरेका हुन् ।

गृहमन्त्री अर्याललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं एआईजी दानबहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं एसएसपी नवराज अधिकारीलगायत अधिकारीले ट्राफिक प्रहरी कार्यालयको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

गृहमन्त्री अर्यालले हालकै भवनबाट सेवा थाल्न निर्देशन दिए । सरकारका तर्फबाट पूर्ण रूपमा सहयोग हुने उनले प्रतिबद्धता जनाए ।

शान्ति सुरक्षा, सुशासनलगायत विषयमा सरकार गम्भीर भएर अघि बढ्ने उनले उल्लेख गरे । उनले अब छिटै सबै लयमा फर्कने विश्वास व्यक्त गरे । वर्तमान सरकारले कसैमाथि पक्षपात नगर्ने र निष्पक्ष रूपमा निर्वाचन गर्ने उनले बताए ।

जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र त्यहाँ राखिएका सवारीसाधनमा आगजनी गरिएको थियो । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्