काठमाडौं । ‘जेनजी’ पुस्ताको आन्दोलनमा ज्यान गुमाएका सहिदको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पोस्टमार्टम सकिएसँगै मंगलबार (भदौ ३१) महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा उनीहरूको अन्त्येष्टि गरिएको हो ।
शवयात्रामा गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलगायत अधिकारीहरूको उपस्थिति थियो ।
मन्त्रीद्वयले मृतकको पार्थिव शरीरमाथि राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरे । सशस्त्र प्रहरी बलले मृतकलाई सलामी अर्पण गरी सम्मान व्यक्त गरेको थियो ।
आन्दोलनमा ७० जनाभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । सरकारले आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गरी जनही १० लाख रुपैयाँ राहतस्वरूप प्रदान गर्ने घोषणा गरेको छ । –न्युज एजेन्सी नेपाल
थप तस्बिर हेर्नोस्–
-1758020234.jpg)
-1758020233.jpg)
-1758020233.jpg)
-1758020233.jpg)
-1758020232.jpg)
-1758020232.jpg)
-1758020231.jpg)
-1758020231.jpg)
-1758020230.jpg)
-1758020230.jpg)
-1758020267.jpg)
-1758020266.jpg)
-1758020266.jpg)
-1758020266.jpg)
-1758020265.jpg)
-1758020265.jpg)
-1758020265.jpg)
-1758020264.jpg)
-1758020264.jpg)
-1758020234.jpg)