site stats
बाह्रखरी :: Baahrakhari
देश
नवलपरासी (पूर्व)मा भारी वर्षा

काठमाडौं । नवलपरासी (पूर्व)मा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा नवलपरासी (पूर्व)को सेमारी वर्षामापन केन्द्रमा भारी वर्षा भएको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार थप वर्षा हुने सम्भावना छ । त्यसैले उक्त क्षेत्र भइ बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्नसक्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्